• २०८३ असार १६ गते मङ्गलवार

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव (पुर्णपाठ सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । उनीहरुले मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन् । यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाउनुभएको थियो । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो । विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल उसैदिन पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावकाे  पुर्णपाठ

Sharing

प्रतिक्रिया दिनुहोस