• २०८३ असार १९ गते शुक्रवार

सशस्त्र प्रहरीद्वारा घाइते चित्तलको उद्दार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, बाँके । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाको नयाँ बस्ती जङ्गल नजिकबाट घाइते चित्तलको उद्दार गरि डिभीजन बन कार्यालय बुझाएको छ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीको टोलीले घाइते अवस्थामा नालीमा फेला परेको चित्तललाई आज बिहान उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। घाइते भएर नालामा खसेको चित्तललाई कुकुरहरूले घेरिरहेको अवस्थामा उद्दार गरि कालाबन्जार बिओपी ल्याइ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला बन कार्यालय पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

आज बिहान ८ बजे नालमा फेला परेको उक्त घाइते चित्तललाई कसैले घाइते बनाएको हो या कुकुरहरूले घाइते बनाएको भन्ने बारे यकिन नभएको सशस्त्र प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस