• २०८३ बैशाख २० गते आइतवार

सरकारी कर्मचारी नै सुन भरिया

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई सेटिङमा अवैध सुन भित्र्याएको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवले विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्ने गरेको पाईएको छ । उनको साथबाट प्रहरीले १०–१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस