बैशाख २३, उदयपुर । उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको हो ।

उदयपुर प्रहरीका अनुसार बैशाख २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच वादविवाद भई कुटपिट हुँदा घाईते भएका भाईलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएको थियो । जिल्ला अस्पतालबाट थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगीएकोमा उपचारका क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनामा संग्लग्न पुलकित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।