• २०८३ बैशाख २६ गते शनिवार

अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित गैडहवा गाउँपालिका-६ बस्ने ४२ वर्षीय कृष्ण कुमार सुनार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु.३५ प ३०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस