बैशाख २१ मुगु । हिमाली जिल्लामा मुगुमा भोलि बाट निषेधाज्ञा जारी हुने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो चरणमा विश्व लगायत नेपालको हिमाली जिल्ला मुगुमा दिन प्रति दीन ब्यापक रुपमा कोरोना देखीन थाले पछि जिल्ला कोभिड संकट ब्यावस्थापन समितिको मिति २०७८साल बैशाख २१ गते बसेको बैटकले बैशाख २२ गते बुधबार राति १२ बजे बाट लागु हुने गरि बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

??????
बिशेषष गरी मुगु जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमीतका बिरामीको संख्या बढी रहेको हुनाले र छिमेकी जिल्लाहरुमा पनि निषेधाज्ञा गरेको हुनो मुगुमा पनि निषेधाज्ञा गरीएको जनाईएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले बैशाख २२ गते राति १२ बजे देखि ३१ गते राति १२ बजे सम्म मुगु जिल्ला भर लागु हुने गरि देहाय बमोजिमका अत्याबश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक खन्य सबै प्रकारका सेवा, सवारी साधन पसल तथा ब्यवसाय र अत्यावश्यक बाहेकका कामकाजका लागि हिडुलमा समेत निषेध गरेको छ भने हुम्लामा राती १२ बजे देखि वैशाख २८ गते राती १२ बजेसम्मलागु हुने गरी निषेधाज्ञ जारी गरिएको छ ।
बिहान ९ बजे देखी दिनको १२ सम्म स्वास्थ्य मापदण्ड अपनाएर अनिवाय रुपमा मास्क सेनिटाईजर प्रयोग गरेर कारोवार सन्चालन गर्ने गरी निर्णय गरीएको जिल्ला कोभिड १९संकट ब्याबस्था केन्द्रका अध्क्षय तथा प्रमुख जिलला अधिकारी चन्द बहादुर शिवाकोटीले बताए । कोभिड १९को संक्रमणको दोस्रो नयाँ भेरियन्ट कडा र फरक प्रक्रितिको कडा भएको हुदा पछिल्लो एक सातामा मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र छायानाथ रारा नगरपालिका भित्र १२ जना र खत्याड गाँउपालिका भित्र ३ जना गरी मुगुमा १८ जान कोरोना संक्रमीतको सख्या पुगेको छ । जस मध्य २ जान बालबाली,१एजा नेपाली काग्रेसका जिल्ला सभापति, एक जान नेपाली काग्रेसका जिल्ला पाटी प्रवक्ता , १जान स्वास्थ्य क्रमी र अन्य स्थानिय बासी रहेको जिल्ला अस्पताल मुगुले नजाएको छ ।
मुगु जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमीत देखीएका संक्रमीतहरुमा केहीमा सामान्य देखीएको हुदा स्वास्थ्य सम्बन्धि जनचेतना दिई होम ईसोलेसनमा बस्नको लागी घर फ्रकाईएको र २ जनालाई जिल्ला अस्पतालका ठिनी र ३ जनालाई प्रथामिक स्वास्थ्य सस्था रातोपानिमा उपचार भैरहेको जिल्ला अस्पताल ठिनि मुगुका सुचना अधिकारी पशुराम नेपालीले जानकारी दिए । मुगुको खत्याड गाउपालिकामा ४ जनामा एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पछिछ यस बाट बच्न र बचाउनको लागी गाँउपालीका भित्र एक गाँउ बाट अको गाँउ जान रोक लगाईएको छ , अतिआवश्यक खाद्यान्न,औषधी पसल तरकारी लगाएतका बाहेक अन्य सवारी साधन भाली २२ गते देखी ३१ गते सम्म बन्द गरीएको खत्याड गाँउपालिकाका स्वास्थ्य क्रमी हरी बहादुर बुढाले बताए ।
