• २०८३ बैशाख १५ गते मङ्गलवार

सोमबार देखि अर्घाखाँचीमा निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, अर्घाखाँची। अर्घाखाँचीमा भोली सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मलाई जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय लिइएको प्रशासनले बताएको हो। केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस