• २०८३ असार १५ गते सोमवार

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ । वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन ३० भदौ र २३ असोजमा प्रदेश अधिवेशनको कार्यतालिका रहेको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।

एमालेको ७ पुस २०७७ मा विस्तारित केन्द्रीय कमिटीका सदस्य राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने, यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष, विभागका सचिवहरु, जनसंगठनका अध्यक्ष, प्रवास क्षेत्रबाट मनोनित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य अपानीमा उल्लेख गरिएको छ ।

प्रदेश संगठन कमिटीको योजनाअनुरूप २०७८ जेठ मसान्तभित्र जिल्ला र सो मातहतका सबै तहमा पार्टी कमिटीको पुनर्गठन गरी संगठन कमिटीमा रूपान्तरण गर्दै संगठनको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गरिनेछ ।

असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने । पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यतापत्रको विवरण फारम र सदस्यतापत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराइनेछ । एमाले कार्यकालका पार्टी सदस्य र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यलाई नवीकरणको अवसर दिइनेछ ।

पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आमरूपमा यथावत् राख्ने अपानीमा उल्लेख गरिएको छ । निर्वाचन आयोगको सूचनाबमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता योजना एवं सक्रियताका साथ परिचालित गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस