वैशाख १८, सुनसरी । ईटहरी उपमहानगरपालिका-१७ लबिपुरस्थित सडकमा सवारी साधन जाँच गर्नेक्रममा अबैध रुपमा भन्सार छलि लुकाई ल्याएको १३ बोरामा रहेको करिब ६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ ।
को.१ ख ४२७५ नम्बरको बसमा इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसभित्र लुकाई ल्याएको उक्त कपडा फेला पारी बरामद गरेको हो । कपडाधनीको खोजी भइरहेको छ । बरामद कपडा आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाइएको छ ।