• २०८३ असोज २० गते मङ्गलवार

मन्त्री थापालाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले बताउनुभयो ।

उहाँ हाल होम आइसोलेसनमा रहनुभएको छ । उहाँले भन्नुभयो, ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ अहिले अस्पताल भर्ना हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस