वैशाख १७, काठमाडौँ। नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको जनाएको छ ।
तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ । नेपालको नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो खेल हुनेछ ।
विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो । फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।