• २०८३ बैशाख ३१ गते बिहिवार

चितवनमा आज मध्यरात देखि निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, चितवन । आज विहिबार मध्यरातदेखि लागु हुने गरि चितवन जिल्लाभर १५ दिनको लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दैै बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्यरातसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड–१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएको बताउँदै आदेश जारी गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस