• २०८३ बैशाख १९ गते शनिवार

भोलिदेखि वैशाख ३० गतेसम्म रुपन्देहीमा निषेधाज्ञा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, रुपन्देही । रुपन्देहीमा भोलिदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक आदेश जारी गर्दै तीव्ररुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि भोलि बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । यस्तै औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङद्वारा जारी आदेशमा निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ । अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्णरुपमा रोक लगाइने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस