• २०८३ बैशाख २८ गते सोमवार

जिल्ला प्रशासन कार्यालय काठमाडौँको थप आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौँ । जिल्ला प्रशासनका कार्यालय काठमाडौँले वैशाख १६ गतेदेखि लागु हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार जारी गरिएको निषेधाज्ञामा थप आदेश जारी गरेका हुन् ।

थप गरिएको आदेशमा विवाह तथा व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहाभागी (दुलाहा दुलहीसहितका) हरूले ब्यानरसहितका दुईओटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने जनाइएको छ । तर, उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने भनिएको छ ।

यसैगरी मृत्यु संस्कार र बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

बिज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस