बैशाख १४, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर पथरीशनिश्चरे–४ र ७ को सीमानामा पर्ने भित्री सडक खण्डमा सोमबारसाँझ दुर्घटना हुदाँ चालक कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय टेकबहादुर अधिकारीको मृत्यु भएको हो ।
तीव्र गतिका कारण आफै अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर ज्यान गएको हो । प्रहरीका अनुसार चालकको साथमा ट्याक्टरको कागजपत्र र सवारी चालक अनुमति पत्रपनि थिएन ।