• २०८३ बैशाख ९ गते बुधवार

सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर(१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले वीरेन्द्रनगर(१२ की ५० वर्षीया मनिकला सापकोटालाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार बजारबाट ब्यारेकभित्र जाँदै गरेको सेनाको ट्रकले सोमबार साँझ पौने ७ बजे ती महिलालाई ठक्कर दिएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

घटनापछि स्थानीय आन्दोलित बनेका छन्। उनिहरुले सेनाको ब्यारेकतर्फ जाने बाटोमा सवारी साधन चल्न दिएका छैनन ।

Sharing

प्रतिक्रिया दिनुहोस