• २०८३ बैशाख १४ गते सोमवार

सुनिलस्मृति गाउँपालिका वडा नं. ५ को वडा भवन गाउँपालिका अध्यक्षबाट उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्राको वडा भवन शनिवार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यता वडा नं. ६ का वडा अध्यक्ष अर्जुन सुवेदीको आतिथ्यता तथा वडा नं. ५ का समाजसेवि, बुद्धिजिविहरुको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सुजन खड्काले गर्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस