वि.सं. २०७८ वैशाख ०३ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अप्रिल १६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चौलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, चैत्र शुक्लपक्षको चतुर्थी तिथि, दिउँसो ०३:२६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, रोहिणी नक्षत्र, बेलुका ०९:१७ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हाँकेको ताकेको काममा सफल भइनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउने छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहने छ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइनेछ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खराब समय छ । सरकारी कडिकडाउको सिकार भइनेछ । थिचोमिचो गर्नेहरूले पनि सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । आफ्नैबाट धोका हुनसक्छ । तर मिहिनेत गर्दा मौकाको फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । तर पराक्रम भावको चन्द्रमा भएकाले आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । त्यसैले धैर्य र संयम भई अघि बढ्नु श्रेयस्कर हुनेछ ।