चैत ३१, काठमाडौँ। परराष्ट्र मन्त्री तथा सरकार प्रवक्ता प्रदीप ज्ञवालीले नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्त्व रहेको बताएका छन । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले ज्ञवालीले भइरहेको विकासको अड्चन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए ।
उनले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी समेत गरेका छन । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन् २०३० को अन्त्यसम्ममा दिगो विकासका लक्ष्य भेट्टाउने उनले विश्वास व्यक्त गरेका छन । नेपालमा विकास अनुसन्धान प्रतिष्ठानजस्ता संस्थाहरूले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने मन्त्री ज्ञवालीले बताए ।