• २०८३ जेष्ठ ६ गते बुधवार

थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, बारा। बाराका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आज बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए ।

स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस