चैत २९, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
यो बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने भनिएको छ । त्यस्तै वर्तमान सरकारको बारेमा तथा सत्ता साझेदारीको लागि माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी ९जसपा०बीच आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ । भोलि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यसमिति बैठकअघि देउवाले पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।