• २०८३ जेष्ठ २९ गते शुक्रवार

एमालेको नेतृत्वमा रहेको सरकारले देश र जनताको पक्षमा ऐतिहासिक कामहरु :प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारले देश र जनताको पक्षमा ऐतिहासिक कामहरु गरिएको बताउनुभयो ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नेपाली जनताले मात्र नभई विश्वले देख्ने र भोग्ने गरी विकासको कामहरु गरिरहेको बताउनुभयो । सरकारले नतिजामूखी कामहर गरिरहेको देखेर आफ्नो अस्थित्व समाप्त हुने देखेपछि सरकारको विरोध तथा सरकार परिवर्तनको बाटोमा नेकपा माओवादी केन्द्र, कांग्रेसलगायतका दलहरु लागि परेको बताउनुभयो ।

आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा रहेको भन्दै आक्रोस जनाउनुभयो । देशमा सरकार परिवर्तनको खेल भइरहेको गुनासो व्यक्त गर्दै उहाँले व्यक्तिगत तथा दलगत स्वार्थको लागि सरकार परिवर्तनको खेल आवश्यक नरहेको बताउनुभयो ।

तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उहाँले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकर गर्नुभयो । उहाँले भन्नुभयो, “लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस