• २०८३ जेष्ठ १ गते शुक्रवार

शुरु भयो मेयर कप, जुरमुरायो खेलकुद क्षेत्र

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : ३ मिनेट

चैत २७, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा चौथो मेयरकप सुरु भएको छ । बिहीवार देखि नगरपालिकाको चौथो मेयरकप सुरु भएको हो । अन्तर विद्यालयस्तरीय राष्ट्रिय रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सञ्चालन भएसँगै खुलकुद क्षेत्र जुरमुराएको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।
उनले भने, ‘स्वास्थ नागरिकका लागि खेलकुद आवश्यक छ । ग्रामीण क्षेत्रबाट पनि खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना गरेका हौं ।’ कप गराउँदा खेलाडीको छनौट पनि हुने र खेलाडीमा मनोबलको विकास हुने भएकाले कपको आयोजना गरिएको नगर प्रमुख घर्तीले बताए । नगरपालिकामै खेलको शुरुवात गरेमा त्याहाँबाट छनौट भएको खेलाडीले जिल्लामा मात्रै नभएर प्रदेश तथा राष्ट्रिय स्तरमा समेत प्रतिस्प्रधा गर्न सक्ने प्रमुख घर्तीको दावी रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नगरपालिकाले आयोजना गरेको प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे । उनले भने स्थानीय तहमा जनप्रतिनिधि आए संगै खेलकुदले गति लिएको छ । स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेकाले प्रतियोगिता आयोजना हुदै आएका छन । यसले सबै नागरिकलाई फाइदा हुने उनको भनाई छ । उक्त कार्यक्रममा बोल्दै पूर्व संसद रत्नप्रसाद शर्मा न्यौपानेले खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने जिम्मेवारी खेलाडिको हातमा रहेको बताए । जाजरकोट जिल्लामा पछिल्लो समय खेलाडिको संख्या बढ्दै गएको उनको भनाइ छ ।

प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिएको नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले बताए । उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन, हामीले यस कामको थालनी गरेका छौँ ।’ आर्थिक वर्ष २०७७÷७८ मा रु ९ लाख विनियोजन गरी प्रतियोगिता सञ्चालन गरिएको शाखा प्रमुख पुनको भनाइ छ ।खेलकुदमा माबि तर्फ भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्ना, शिव माध्यामिक विद्यालय कालेगाउँ, त्रिभुवन माध्यामिक विद्यालय खलंगा, शंकरभवन माध्यामिक विद्यालय बाँहुनथाना ,बिजय माध्यामिक विद्यालय काफलचौैर, लक्ष्मी माध्यामिक विद्यालय भेरे, सरस्वती माध्यामिक विद्यालय पुन्मा,दिपेन्द्र माध्यामिक विद्यालय भुर, भगवती माध्यामिक विद्यालय कुदु लगाएतका ९ ओटा विद्यालयहरुले भाग लिएको छन ।

यस्तै आधारभुत तर्फ बागेश्वरी आधारभूत विद्यालय पिपे, त्रिभुवन आधारभूत विद्यालय रिसाङ,नेरा आधारभूत विद्यालय सालटाकुरा, जनबिकास आधारभूत विद्यालय बुरुङ्गे, मष्टा आधारभूत विद्यालय गिमा सहित ५ ओटा विद्यालयले खेलको अभ्यासका रुपमा एथलेटिक्स तर्फका ट्राक, फिल्डतर्फ भाग लिएको छ । प्रतियोगितामा मार्सलआर्ट तर्फ उसु बाहेक खेलकुद निर्देशिका २०७० ९संसोधन सहित० अनुसुचि ४ बमोजिमका सम्पूर्ण खेल खेलाइने भएको छ ।

बिहिवार पहिलो दिन बिजय माध्यामिक विद्यालय काफलचौैर र भगवती माध्यामिक विद्यालय कुदु बिच भलिवल खेल सुरुवात भएको छ । आधारभुत तहको यथलेटिक्स खेल तर्फको ट्रयाक र फिल्ड शुक्रवार बिहान ७ बजे त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस