चैत २४, सिन्धुली । कमलामाई नगरपालिका-१ भुताहाबाट एकनाले भरुवा बन्दुक २ थान र करिब ५ सय ग्राम बारुद सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र ५० वर्षीय शंखलाल बल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले किशोर र शंखलाललाई आ-आफ्नो घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।