चैत २१, काठमाडाैं । रोटरी क्कव अफ काठमाडौ कलंकीको हालै सम्पन्न पहिलो डिजि भिजिट कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गर्भनर राजिव पोखरेलले रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रमा उहाले रोटरी बिशुद्ध सामाजिक सस्था भएकोले यस्को मर्यादालाइ माथी उठाउन रोटरीका आधारभुत मान्यताहरु भुल्न नहुने कुरा औंलाउनु भएको थियो ।
रोटरी क्लवमा हरेक वर्ष गरिने यस्तो किसिमको कार्यक्रमले क्लवलाइ स्वच्छ , पारदर्शि मात्र नभइ उत्तरदायित्व बोध समेत गराउने उहाँले बताउनु भएको छ । सोही अवसरमा उहाले आफुसैग भएको चिज जती सकिन्छ अरुलाइ दिने बानिको विकास गर्नुनै खुसी हुने माध्यम भएकको बताउनु भएको थियो । रोटरीले संसारको ११६ देशमा सामाजिक कार्य गरिरहेको स्मरण गराउदै उहाले रोटरीको सुन्दरता ५स्टारलाइ नभुल्न सुझाउनु भएको थियो ।
रोटरी क्लव अफ काठामाडौं कलंकी को पहिलो डिजी भ्रमणमा विभिन्न ६ विधाका डाइरेक्टरहरुले आ आफनो प्रस्तुती राख्नु भएको थियो भने रोटरी क्लव अफ काठामाडौं कलंकी सल्लाहकार राजेन्द्र दाहालले आफुले सकेको सहयोग गर्ने प्रतिद्धता जनाउनु भएको थियो । क्लवका अध्यक्ष सुलोचना सिक्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका आगामी अध्यक्ष दुर्गा देवी मैनालीले स्वागत गर्नु भएको थियो भने सचिव दिवाकर अर्यालले कार्यक्रमको सन्चनलन गर्नु भएको थियो । साथै कार्यक्रममा अनिता दाहालले धन्यवाद दिनु भएको थियो ।