चैत्र २०, संखुवासभा । संखुवासभा मादी बाट धरानतर्फ आउँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना भएको छ । को १ख २८२४ नम्बरको शुभम डिलक्स बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाको अवस्था गम्भीर रहेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाका अनुसार बस दुर्घटनामा घाईते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घाइते हुनेमा चैनपुरकी मनमाया राइ, डामाभिट्टका सन्तोष राइ, मादी ४ का बिर्ज लिम्बु, झापा गौरादहका दल बहादुर दर्लान, मादि ८ का डम्बर कुमार राइ रहेका छन् । त्यसैगरी सिता गुरुङ, पासाङ्ग आइदे शेर्पा, चेतनाथ दाहाल, निशा दाहाल, कमल मगर, सुरज मगर, अङ्कित मगर, हर्क बहादुर देवान रहेका छन् ।
त्यसैगरी बिर्ख बहादुर तामाङ्ग, दिपक राइ, नगेन्द्र राडकर, रिता तामाङ्ग, टिकाराम भट्टराइ, लक्ष्मी भट्टाराइ, नरेश अधिकारी, अम्मर बहादुर वुढाथोकी, नारायण प्रसाद गुरुङ, रिदल गुरुङ, मदन कुमार लिङदेन, सुनिल निलवेन, बियज राइ, नखधर खनाल, निर बहादुर वुढाथोकी, प्रकाश आचार्य, आडदावा शेर्पा पनि घाइते भएका छन ।