• २०८३ जेष्ठ १८ गते सोमवार

कञ्चनपुरमा करणी आरोपमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९,कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गएराति बौद्धिक अपाङ्गता भएकी महिलालाई एक्लै भएको मौका छोपी जबरजस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस