चैत १७, ओखलढुंगा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभञ्ज्याङ गाउँपालिका-५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई बिहीबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।