चैत १६, ललितपुर । ललितपुरमा र्यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारदेखि र्यापिड किटबाट टेस्ट सुरु गरेको हो ।
परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जनालाई पोजिटिभ देखाएको छ । लागु औषध सेवन गरी सवारी चलाउँने तीनै जनालाई नियन्त्रणमा समेत लिइएको छ । त्यससँगै पैसा दिई प्रलोभनमा पार्न खोज्ने १ जनासहित १६ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्लाका विभिन्न १३ स्थानमा ट्राफिक प्रहरीसहित परीक्षण गरिएको थियो । त्यसक्रममा ४३५ सवारी चालकलाई ट्राफिक कारवाही समेत गरिएको छ । १६५ लाई केहीबेर होल्ड गरेर पठाइएको तथा ४९८ जनालाई सम्झाईबुझाई गरि पठाईएको हो ।