• २०८३ बैशाख १८ गते शुक्रवार

इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रहेका छन् । वैदेशिक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरूले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।

सम्बन्ध बिच्छेद गर्नेहरूले आफूले पाउने अंशमा समेत दाबी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिब आधाले अंशको माग दाबी गर्दैनन्’, भट्टराईले भने, ‘अंशको माग दाबी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दाबी नगरेको पाइन्छ ।’ सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी व्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढी समय लाग्छ ।

सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्दाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्दा छ । त्यसमध्ये २१ थान फछ्र्यौट भइसकेको छ भने ४६ थान बाँकी छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस