• २०८३ असोज ६ गते मङ्गलवार

कोरोना कहर : स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन मुगु प्रशासनको आग्रह

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत १३ मुगु । पछिल्लो समय कोरोना संक्रमण बढ्न सक्ने बताउदै जिल्ला प्रशासन कार्यालय मुगुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड सहित सतर्कता अपनाउन आग्रह गरेक छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि जोखिम बढ्ने देखिएपछि सजक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम मुगु प्रशासनले सजक रहन आग्रह गरेको हो ।

विहिवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र मुगुले जारी गरेको निर्णय अनुसार एक सुचना उल्लेख गर्दे यस्तो जानकारी गराएको हो । कोभिड विरुद्ध लड्न सबै नागरिकले आवश्यक समन्वय गर्न र स्वास्थ्य मापदण्ड अबलम्बन गर्न प्रशासनको आग्रह छ । प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटी द्धारा हस्ताक्षरित सूचनामा अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह संचालन नगर्न आग्रह गरिएको छ ।

त्यस्तै, कोभिडको लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गइ कोरोना परीक्षण गराउन र जिल्लाका ४ वटै स्थानीय तहलाई संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइन र आइशोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । त्यस्तै मेला महोत्सव, होली नया वर्ष जस्ता चाड पर्वमा भिडभाड नगर्न , माक्स , सेनिटाईजर , र सामाजिक दुरी जस्ता जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न र रात्रिकालिन समयमा सञ्चालन हुने ब्यवसायहरु राति ९ बजे पछि पुर्ण रुपमा बन्द गर्ने जस्ता निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकाकरी दिएको छ ।

जिल्ला भित्रिने लाई स्वास्थ्य परिक्षण
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । हेल्प नेपाल नेटर्वक र हेल्प नेपाल हेल्थपोस्ट रारा माझघट्ट मुगुको सहकार्यमा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्यलाई मध्य नजर गरि (मंगलबार) रारा तालको किनारमा रहेको मिलिचौरमा घुम्ती शिबिरको माध्यमबाट स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षण अन्तरगत जनरल सबै स्वास्थ्य परिक्षण हेल्प नेपाल हेल्थपोस्टमा कार्यरत एक जना एचए, एक जना अहेव,एक जना अनमिको टिमले स्वास्थ्य चेकजाच गरिएको हेल्प नेपाल मुगुका ईन्चार्ज कुष्ण बहादुर रावलले जानकारी गराए । रारामा आउर्ने आन्तरिक तथा बाहिर्य पर्यटक र राराका घोडा चालाकहरुलाई चेकजाच गर्दा रुगाखोकी, ज्वरो, झाडापखला, दमग्यास्टी लगायतको रोगहरुको समस्या देखीएको ईन्चाज रावलले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईका अनुसार जिल्लाका खत्याड गाउपालिकाको ९ झुगेला र छायानाथ रारा नगरपालिकाको पिना र ताल्च विमानस्थलमा अभिलेख राख्ने गरि स्वास्थ्य परिक्षण गर्ने स्थान राखिएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस