चैत १२, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका छन । नगरपालीकाका मेयर रामेश्वर बोहरा, उपाध्यक्ष भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, नगर कार्यपालीकाका प्रवक्ता तथा वडा अध्यक्ष बिदुर सापकोटा, सुचना अधिकारी होमनाथ न्यौपाने, ३ जना इन्जीनियरहरु र ९ वटा वडाका अध्यक्षहरु अध्ययन तथा अबलोकन भ्रमणमा जान लागेकाले सिटौलालाई कार्यवाहकको जिम्मेवारी दिईएको हो ।
मेयर बोहराले वडा नं ९ का अध्यक्ष सिटौलालाई का.वा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत लम्सालले नगरपालीकामा आठौं तहका शम्भु प्रसाद पौडेललाई निमित्त दिएर भ्रमणमा निस्किएका हुन ।
स्रोतका अनुसार मेयर सहितको टोलीले स्थानीय निकायको अध्ययन भ्रमणको लागि जान लागेको हो । टोली सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुंदै रारा सम्म पुग्ने कार्यक्रम रहेको छ ।
नगरपालीकाले स्थानीय निकायको अध्ययन भ्रमणको लागि उक्त कार्यक्रम राखिएको कुरा जानकारीमा आएको छ । तारकेश्वर नगरपालिकाका अध्यक्षहरु मध्ये जनताले रुचाएको अध्यक्षमा सिटौला पर्छन ।