चैत १२, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भयो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुनेछ ।