• २०८३ जेष्ठ २३ गते शनिवार

माधव पक्षले बोलायो केन्द्रीय समिति बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२,काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल – झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार धेरै सदस्यहरु त जिल्लामा रहे पनि उपत्यकामा हुने जतिलाई खवर गरिएको हो ।

ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए । यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस