चैत १२, काठमाडौँ। आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ । आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यो अवधिमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।