• २०८३ असोज २० गते मङ्गलवार

प्रधानमन्त्री ओलीद्वारा थापाथलीस्थित नयाँ पार्टी कार्यालको निरीक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११,काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीबाट थापाथलीस्थित सारिएको एमालेको नयाँ पार्टी कार्यालयको निरीक्षण गर्नुभएको छ । बुधबार प्रधानमन्त्री ओलीले थापाथलीस्थित व्यापारी सञ्जय अग्रवालको घरमा सार्न लागिएको पार्टी कार्यालयको अनुमगन तथा निरीक्षण गर्नुभएको हो।

पासाङ ल्हामु प्रतिष्ठानले धुम्बाराहीस्थित कार्यालय खाली गर्न भनेपछि एमालेको पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको हो । प्रधानमन्त्री ओलीले पार्टी कार्यालय राख्न लागिएको नयाँ भवनको निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्री ओलीसुँगै नयाँ पार्टी कार्यालयको निरीक्षणका लागि कृषि तथा पुशपंक्षी विकास मन्त्री पद्मा अर्याल पनि थपाथली पुग्नुभएको हो ।

०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको को भवन धुम्बाराहीमा सरेको थियो । पार्टी कार्यालय व्यापारिक समूह यति समूहको भवनमा सारिएपछि विवाद बढेसँगै थापाथलीमा कार्यालय सारिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस