• २०८३ बैशाख २७ गते आइतवार

ईन्टरनेट सुचारु नहुदा सेवा प्रवाह ठप्प

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत १०, मुगु । ईन्टरनेटले काम नगर्दा कर्णालिका मुगु र हुम्ला जिल्ला सदरमुकाममा सेवा प्रवाहमा ठप्प भएका छन् ।गएको शनिवार साँझ देखि सदरमुकाम गमगढि बजार र हुम्लाको सिमकोटमा एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित भएको छ । यी जिल्लाहरुमा एडिएसएल सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई सास्ति खेप्न परेको छ ।

दैलेखको महाँबु गाउपालिकामा रहेको महाँबु लेकमा रहेको टावरमा चट्याङ परेर मुगु र हुम्लाको डिभाईसको लिक उडाएको हुदा इन्टरनेट सेवामा समस्या आएको नेपाल टेलिकम शाखा मुगुका निमित्त कार्यालय प्रमुख गणेश डि।सिले जानकारी दिए । समस्या आएको ठाउमा निमार्ण गर्न काठमाडौ बाट टोलि आएको र भोलि १ बजे बाट काम थालनि गरि सुचारुमा ल्याउने उनिहरुको योजना रहि आफू लाई यहि जानकारि आएको बताए । उनका अनुसार ईन्टरनेटले काम नगर्दा यश कार्यलय बाट प्रवाह हुने सम्पुर्ण सेवाहरु ठप्प भएको बताए । कार्यलयमा सेवा लिन आउनेको सँख्या उच्च रहेको हुन्छ डिसिले भने अन्य काम नभएर सिम मात्र वित्रि वितरणा गरेको उनको भनाई छ ।

इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित सरकारि तथा गैरसरकारि सँघ सँस्था लगायच बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । यस्तै जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ । ईन्टरनेटले काम नगर्दा स्थानिय रेडियो तथा राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिबार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस