• २०८३ जेष्ठ १६ गते शनिवार

अमेरिकी रक्षामन्त्री अफगानिस्तान भ्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, एजेन्सी। अफगानिस्तान भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री लियोड अस्टिन र राष्ट्रपति असरफ घानीबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको छ । त्यस भेटका क्रममा उहाँहरुबीच अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो ।

तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा ताबिलानहरुले गरिरहेका हिंसाका बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुग्नुभएको थियो । उहाँले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तानको सरकार र तालिबानका बीचमा शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राख्नुभएको थियो । अफगानिस्तानको सरकार र तालिबानका बीचमा गत वर्षदेखि नै शान्ति वार्ता शुरु भएको भनिएको भए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस