• २०८३ असार ११ गते बिहिवार

बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएकाे छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि गर्ने निर्णय गरेको हो । वरिष्ठ साहित्यिक पत्रकार रोजक घिमिरेको प्रमख आतिथ्यतामा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान गोर्खे साहिलो चितवन -२०७६, निबन्ध आचार्य -२०७७ र शिवपुरी गजल सम्मान प्रकाश घायल – २०७६ र रावत -२०७७ प्रदान गरिनेछ ।

कार्यक्रममा नरबहादुर भारती सम्मान डा. धन प्रसाद सुवेदी २०७६, उन्नती बोहोरा शिला २०७७, मानशोभा प्रतिभा सम्मान कवि राधा आचार्य २०७६ र डा. भीष्मकुमार भुसाललाई सम्मान गरिने शिवपुरी सन्देश तथा साहित्य समाजका श्रष्टा माधव बिडारीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस