• २०८३ बैशाख १६ गते बुधवार

घरेलु हिंसाकै कारण कर्णालीमा आत्महत्याको बाटो राज्ने बढे

जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

चैत ७, सुर्खेत । यहि फागुन २४ गते दैलेखको आठविस नगरपालिका ३ निमाएलकि ३५ वर्षिय सुकि बडुवाले घरेलुहिंसा सहन नसकेर चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् । सल्यानको कपुरकोट गाउँपालिकाकि २१ वर्षिय कल्पना केसिले सानैमा वालविवाह गरिन् र श्रीमानको टचर सहन नसकि आत्महत्या गरिन् ।

दैलेखकि रञ्जना दसौदीको पनि सानैमा विहे गर्नु दोष भयो । श्रीमान बिदेश गएका थिय । घरमा सासु ससुरा र घर परिवारको गरेको हिंसा र दुर्ववहार सहन नसकेर प्राण त्यागिन् । यि र यस्ता प्रतिनिधि घटना मात्र हुन् । घरेलु हिंसाकै कारण कर्णालीमा आत्महत्याको बाटो राज्ने सयौँ महिलाहरु आत्महत्याको बाटो रोज्न बाध्य छन् । घर परिवारको दुर्ववहार सहन नसकेर,श्रीमानले जाँडरक्सि खाएर कुट्पिट सहन नसकेर कर्णालीमा आत्महत्याको संख्यामा कमि आउन सकेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ माघ मसान्तसम्ममा कर्णालीमा २३२ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख गरिएको छ । आत्महत्या गर्नेमा रुकुममा २२ जना, सल्यानमा ४९, जुम्लामा १३, हुम्ला २,मुगु तीन, कालिकोट ९ जना गरि २७० जनाले आत्महत्या गरेका छन् । जिल्लागत तथ्याङ्क अनुसार ९६ जना महिला १४५ जना पुरुष रहेका छन् । जस्मा १४ बालक १५ बालिका रहेका छन् । चालु आर्थिक वर्षम कर्णालीमा सबैभन्दा धेरै आत्महत्या गर्नेमा धेरै सल्यानमा ६४ जना र सबैभन्दा कम हुम्लामा २ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी सुर्खेतका प्रवक्ता एस एस पि अर्जुन चन्दले बताए ।

आत्महत्याको प्रमुख कारण घरपरिवारको कलह,वालविवाह,वेरोजगार र गोपनियता भङ्गका यि तिनवटा कारणले आत्महत्याको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि गोविन्द थापाले बताए । उनले भने,‘सानैमा वालविवाह गर्ने पछि गएर बहुविवाह गर्ने र त्यहिबाट घरेलुहिंसा,यातना, मानसिक तनाबका कारण ले आत्महत्याको संख्यामा बढ्दो छ ।’ प्रदेशभर तीन आर्थिक वर्षमा ७६८ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा भएको तथ्याङ्क अनुसार २०७५÷०७६ मा २८८ जनाले आत्महत्या गरेका छन् । जस्मा १२० जना महिला १३० जना पुरुष १५ जना बालक र २३ जना बालिकाले आत्महत्या गरेका छन् ।

यस्तै आर्थिक वर्ष ०७६/०७७ मा ३२८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा एक सय जना महिला १८० पुरुष २१ बालक र १७ बालिकाले विभिन्न माध्यामबाट आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपि अर्जुन चन्दले बताए । आत्महत्या गर्नुमा मुख्य घरेलु हिंसा, गरिबि,अशिक्षा र जिवनस्तरमा सुधार हुन नसक्नाले आत्महत्या गर्नुका प्रमुख कारण रहेको एस एस पि चन्दको भनाई छ ।

विज्ञानको युग आएसँगै अहिलेको प्रविधिले पनि आत्महत्याका घटनामा वृद्धि भएको सामाजिक सेवा केन्द्र(सोसेक)का संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता हिरासिंह थापाले बताए । ‘जुन कुरा हेर्न गर्न हुन्थेन उनले भने, ‘ति कुराहरुले मान्छेका मनहरु चन्चल बनाउने,मनलाई एक ठाउँमा बस्न नदिने खालका बातावरण सिर्जना गर्ने बातावरणले आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको हो ।,’उनले भने,‘ आत्महत्या कम गर्नका लागि हिंसालाई कम गर्ने र मनोवल वृद्धि हुने खालका जिवन उपयोगि सिपहरु र शिक्षाका कुराहरुमा जोड् दिनुपर्छ ।,

‘घरायसि समस्यालाई समाधान गर्न नसकेर बालविवाह र त्यसैमा श्रीमती÷श्रीमान विभिन्न सम्बन्धका कारण पनि आत्महत्यातर्फ अगाडी धकेलिएको अधिवक्ता दुर्गा प्रसाद सापकोटाको भनाई छ । अहिले पत्येक मानिसहरुलाई मनोसामाजिक समस्याले कताएकोले पनि आत्महत्याको संख्यामा वृद्धि भएको वाल अधिकारकर्मि सज्जना सुनार बताउँछिन् । ‘मनोसामाजिक परामर्शको कहिँ कतैबाट समाधान, शानत्वना,साथ सर्पोट पाएमा आत्महत्या नगर्ने र जो मनोसामाजिक समस्या हुँदै मानसिक रुपमा ठुलो रुप लिएर कसैबाट पनि साथ सर्पोट पाएन भने आत्महत्याको बाटो रोज्नको संख्या बढ्दो छ ।

Sharing

प्रतिक्रिया दिनुहोस