चैत ६, सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देबकोटा माध्यमिक विधालयमा कक्षा १२ का विधार्थीले कक्षा ११र कक्षा १२ का विधार्थी लाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरप्रमुख भीम बहादुर थापा प्रमुख आथित्यता कार्यक्रम भएको हो ।

कक्षा १२ मा अध्यनरत विधार्थी तुल्सा न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको विशेष अथिति विधालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानहरि अर्याल रहनु भएको थियो भने विध्दालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा १२ ब्यबस्थापन संकायका दिपा मिश्राको स्वागत मन्तब्य राख्नु भएको थियो भने मन्तब्य प्रमुख अथिति भीम बहादुर थापा , विशेष अथिति ज्ञानहरि अर्याल, कक्षा ११ कानुन संकायकका स्मृति वि क र शिक्षक शिक्षिकाहरुको तर्फबाट स्कुलका प्रधानध्यापक खेमलाल शर्माले राख्नु भएको थियो । विद्यालयका ब्यबस्थापन समितिका सदस्यहरुको मतब्य रहेको थियो । कार्यक्रम संचालन समिला गोरखाली र सभ्या चौधरीले गर्नु भएको थियो ।


