• २०८३ जेष्ठ १ गते शुक्रवार

तान्जनियाका राष्ट्रपतिको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, एजेन्सी। तान्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन् ।

मागुफुली पछिल्लो दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्लाहरु फैलिएका थिए । गएको हप्ता विपक्षी दलका नेताहरुले मागुफुली कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए । तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।

मागुफुली कोरोना भाइरसलाई लिएर शंका व्यक्त गर्नेमा अफ्रिकाका प्रमुख व्यक्तिमा थिए । उनले कोरोना भाइरसबाट जोगिनका लागि प्राथर्ना गर्ने र आयुर्वेद औषधि खाए हुने बताउने गर्थे । उपराष्ट्रपति हसनले राष्ट्रपति मागुफुलीको निधनको जानकारी दिँदै १४ दिने राष्ट्रिय शोकको घोषणा गरेकी छन् ।

तान्जनियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छिन् । उनले मागुफुलीको कार्यकालको बाँकी समय राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छिन् । मागुफुलीको पाँच वर्षे कार्यकाल गएको वर्ष सुरु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस