चैत ३, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टले लोकतान्त्रिक व्यवस्थालाई ध्वस्त गरेको बताउनुभएको छ । काङ्ग्रेसले संविधानवादको जगमा टेकेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बे र नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापती प्रदिप सुनुवारको सहभागितामा भएको अन्तक्रिया कार्यक्रममा उहाँले सो बताउनुभएको हो । नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा नेता राईले कम्युनिष्टसंग जनताले विश्वास गरेर दिएको मत थेग्न सक्ने क्षमता नभएको बताउनुभएको छ ।
कम्युनिष्टलाई जनताले विश्वास गरेर दिएको मतको परिणाम आज देशले यो राजनीतिक संकटको परिस्थिती भोग्नु पर्यो, उहाँले भन्नुभयो । राजनीतिक संकट मात्र नभई कम्युनिष्टले अर्थतन्त्र ध्वस्त पारेको र लोकतन्त्रले समेत ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आएको बताउनुभएको छ ।
काङ्ग्रेसले चुनाव अगाडि भनेको कुरालाई स्मरण गर्दै भन्नुभयो, हामिले सो समयमा नै कम्युनिष्टहरु सत्तामा आए भने लोकतन्त्रले मौलाउन नपाउने र देशले विकासको अनुभुति गर्न नसक्ने कुरा बताएका थियौँ, आज प्रमाणित भयो। राजनीतिक संकटको बीचबाट देशलाई माथी उठाउन र बिग्रिएको अर्थतन्त्रलाई सुधार्न जनताले काङ्ग्रेसको नेतृत्व खोजिरहेका छन्, उहाँले भन्नुभयो ।
साथै, नेता राईले कार्यकर्ताहरुलाई, काङ्ग्रेसले उद्घाटन गरेको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन र कम्युनिष्टका कारण निराश जनतामा उत्साह ल्याउन कांग्रेसको नेतृत्व आवश्यक भएकोले तयारी अवस्थामा बस्न अपिल समेत गर्नुभएको छ ।