• २०८३ असार ४ गते बिहिवार

साथी भाईबाट हेपिईन प्रधानमन्त्रीकि छोरी  लामा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत ०३ मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपि शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाईबाट हेपिन पुगेकि छन् । कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलिले रारा तालको किनारमा पुगि लामालाइ अभिभावकत्व ग्रहण गरेका ओलिले अहिले २ वर्ष बितिसक्दा पनि अभिावकत्व ग्रहण गरेका ओलिले पढाई खर्च लगायत गाँस, बास, कपास सहजै रुपमा सहयोग नगर्दा पछिल्लो समय लामालाई प्रधामन्त्रीकि छोरी भनेर मात्र आफन्तबाट हेपिन पुगेकि हुन ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत रहेकि छन् । उनको तिखो दिमाक भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेशनरीका सामान कापि, कलम नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ । घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र लामाकि बुवाको पनि निधन भएको हुदा यसै समस्या लाई मनन गर्दे प्रधानमन्त्री ओलिले अभिावकत्व ग्रहण गरेका हुन । अहिले घरमा विहान बेलुका के खाऔ के खाऔ, के लाऔ र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो गरेका छन् ।

परिवारका अनुसार हाम्री छोरीलाई प्रधामन्त्रीले आफ्नी छोरी सरि मानि ग्रहण गरेका थिए र छोरी लामालाई उहालेनै सम्पुर्ण जिम्मेवारी लिएता पनि पठनपाठन लगायत अन्य स्रोतमा सहयोग नभएको उनीहरुको भनाई रहेको छ । प्रधानमन्त्रीले अभिावकत्व गरेको करिब ३ वर्ष पुग्दा समेत हाल सम्म २ पटक मात्र १० – १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताए ।

छोरी लामालाई विद्यालयमा पठनपाठन गराउन खोज्दा विद्यालयमा रहेका साथीभाई, गाउ घरका आफन्तहरुले पनि लामालाई प्रधानमन्त्रीकि छोरी, प्रधानमन्त्रीकि छोरी, भनेर मात्र जिस्काउने गरेको र यस्तो अवस्था सहन नसकेर नातिले आज भोलि विद्यालय जान बिस्तारै हटाउन छोडेको लामाका बाजे छिरिङ क्यामा लामाले जानकारी गराए ।

सोही रारा पर्यटन वर्षमा प्रधाामन्त्रीकि धर्मपत्नि राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ्ग लामा लाई ग्रहण गरिन । उनको अवस्थामा पनि अहिले उस्तै रहेको छ । प्रधानमन्त्रीकि छोरी लामा र राधिका शाक्यले गरेकि छोरीको सहयोग भने एउटै पोखरीमा पानी खन्या जस्तै छ । यस्तै पुर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरले अभिभावकत्व गरेका छोरी र अन्य मन्त्री सांसदहरुले गरेको अभिभावकत्व पनि वारी र पारी बिचमा पुल रहे जस्तै भएको छ । यता वुद्ध माद्यमिक विद्यालय माग्री गाउका प्रधानध्यापक टिका प्रशाद उपाध्याका अनुसार लामाका अभिभावकसँग बुझ्दा पहिला दुई पटक मात्र सहयोग गरेको बुझियो र पछिल्लो समय कुनै पनि निकाय वा प्रधानमन्त्रीबाट सहयोग नआएको दुखेसो पोखे ।

Sharing

प्रतिक्रिया दिनुहोस