चैत्र ०२, कैलाली । घोडाघोडी नगरपालिका वार्ड न १ सुखड कैलाली मा स्थित रास्ट्रीय उच्च माध्यामिक विद्यालयमा विद्यालय ब्यबस्थापन समितीको अबधि सकिएको धेरै समय भई सकेको भएतापनी सोही समितिको निर्णयले विद्यालयको काम कार्यबाही अगाडी बढेको खुल्न आएको छ। मंसिर महिनाको मसान्तमा म्याद समाप्त भएको बिधालय व्यबस्थापन समितिले यसरी महत्त्वपूर्ण निर्णय गर्दै जाने कुरा अबैधानिक भएको र घोडाघोडी नगरपालिकाले विद्यालय व्यवस्थापन समिती गठन गर्नु भनेर मंसिर महिनाको २१ गते नै पत्रचार गरेको भएतापनी विद्यालयले नसुनेको र अटेर गरेको शिक्षा शाखा प्रमुख उमेश रेग्मिले बताए ।

विद्यालय व्यवस्थापन समिती सदस्य होम प्रसाद आचार्यले आज प्रधानाध्यापक लाई सम्बोधन गर्दै शिक्षा ऎन अनुसार समिती को म्याद सकिनु १ महिना पहिला नै अभिभावकहरुको भेला बोलाइसक्नु पर्ने ब्यबस्था भए पनि त्यसो नगरिएकोले आफू अबैधानिक समिती को सदस्य नरहेको र मंसिर पछिको निर्णय पनि अबैधानिक भएकाले आफ्नो असहमति रहेको बताए साथै अभिलम्ब अभिभावक भेला बोलाइ नया समिती चयन गर्नको लागि पनि एक जानकारी पत्र जारी गर्दै बताए।
साथै विद्यालयको प्रशासनिक तथा भौतिक पुर्बाधार लगाएतका काम कार्यबाही गर्दा अपारदर्शी ढङ्गले हुने गरेको र समितिको सदस्यको हैसियतले समेत केही जानकारी नहुने गरेकोले आम अभिभावकहरु स्थानिय सरोकारवाला हरुले थाहा पाउने गरि पारदर्शी तरिकालले अहिले सम्मको काम कार्यबाही भौतिक प्रगती पढ्न पाठनको अवस्था र आर्थिक आय ब्यय सार्बजनिक हुनुपर्ने आचार्य को माग रहेको छ।