चैत २, स्याङजा। जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापालाई पक्राउ गरेको हो ।
थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको स्याङ्जा प्रहरी ले जनाएको छ ।