• २०८३ बैशाख ५ गते शनिवार

जसपा सत्तारूपी जुवाको खालमा च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १,काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको छ । यस्तो बेला तीन कुरा जसपाबारे जान्नैपर्ने भट्टराई तर्क गर्नुहुन्छ । उहाँले परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने, गणतन्त्र, संघीयतालगायतमा कसैसँग सम्झौता गर्न नहुने पनि भट्टराईले बताउनु भएको छ ।

‘जसपाबारे जान्नैपर्ने कुरा- १, यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो । २, गणतन्त्र,।संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन । ३, यो कसैको पुच्छर हैन,आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।

Sharing

प्रतिक्रिया दिनुहोस