चैत १, काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-३ भञ्ज्याङमा तास खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार गएराती जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई नगद २ लाख ६० हजार १ सय ४७ रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।