• २०८३ असार ६ गते शनिवार

स्रोत नखुलेको साढे १९ लाखसहित एक भारतिय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, पर्सा । प्रहरीले स्रोत नखुलेको साढे १९ लाखसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपिएफ टोलीले पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय राजेशकुमार साह छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस