फागुन २९, पर्सा। पर्सा प्रहरीले जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका-४ बस्ने अविशेक दास थारु पक्राउ परेका हुन् ।
छुट्टाछुट्टै घटनामा संलगन रहेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप लागेको छ । त्यस्तै अनिलले महिलासँग सम्बन्ध कायम गरेका थिए । महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् । उनले आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक-पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।
रोशनले पटकपटक आफ्नो छोरीलाई जबर्जस्ती करणी गरेको कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार बालिकाको बुवाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रोशनलाई प्रहरीले घरबाटै नियन्त्रणमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।
फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ । महिलाको पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको दाबी उजुरी कर्ता पक्षको छ । महिलाले प्रतिकार गरी भागेको र फागुन २६ गते प्रहरी कार्यालयमा उजुरी दिएपछि अविशेक घरबा६ पक्राउ परेका हुन् ।